नियम २४
आचरण विपरीतको कार्य गरेको नमानिने
यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि देहायका कार्यलाई यस नियमावलीको आचरण विपरीतका कार्य मानिने छैन ः–
(क) कार्यालय समय बाहेक कार्यालयको काम कारबाहीमा प्रतिकूल प्रभाव नपर्ने गरी आफूले विशेषज्ञता हासिल गरेको विषयमा लिखित वा मौखिक प्रवचन दिने तथा पूर्व स्वीकृति लिई अध्ययन तथा अध्यापन गर्ने,
(ख) साहित्य, कला, संस्कृति, खेलकूद, ज्ञान, विज्ञान, प्रविधि, मनोरञ्जन सम्बन्धी र पेशागत एवं सामाजिक संस्थाहरुमा सदस्य हुन र त्यस्ता मञ्चहरुमा सहभागी हुने,
(ग) राजनैतिक दल र तिनीहरुको भातृ संगठनले आयोजना गरेको बाहेक पेशागत संघ संस्थाहरुले आयोजना गरेको सभा, गोष्ठी आदिमा कार्यालय समय बाहेकको समयमा सहभागी हुने,
(घ) सरकारको नीति, उद्देश्य, कार्यक्रम, काम कारबाही एवं गोपनीयतामा प्रतिकूल असर नपर्ने खालका लेख, रचना प्रकाशन गर्ने,
(ङ) सबैको लागि खुला गरिएको प्रतिस्पर्धामा सहभागी भई पुरस्कार, पदक, प्रमाणपत्र एवं सम्मान ग्रहण गर्ने,
(च) आपूmलाई अन्याय परेको विषयमा त्यस्तो काम कारबाहीको विरुद्धमा कानून बमोजिम अड्डा अदालतमा उपचार प्राप्त गर्नको लागि आवश्यक कारबाही चलाउन ।